शिवराज परियार/मध्यान्ह
काठमाडौं : सत्तारुढ गठबन्धन आगामी चुनावी तालमेलका लागि सिट बाँडफाँड केन्द्रित भएको छ । मंगलबार बसेको कार्यदलको बैठकले संयोजकमा कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला चयन गरेको छ । साथसाथै बाँडफाँडको मोडालिटीबारे समेत छलफल प्रारम्भ गरेको छ ।
‘आज कार्यदलको बैठक लामै समय रह्यो । र, सबै साथीहरुले आ–आफ्नो दृष्टिकोणहरु राख्नु भएको छ । बैठक सकारात्मक रूपले आजलाई स्थगन भएको छ’ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कार्यदलको बैठकपछि कांग्रेस नेतासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
उनका अनुसार २६ गते ४ बजे फेरि बैठक बसेर थप छलफललाई अगाडि बढाइनेछ । कार्यदलको अर्को बैठक यही साउन २६ गते अपरान्ह ४ बजे बोलाइएको छ । बैठकमा सबै दलका नेताहरुले चुनावी तालमेलका लागि सिट बाँडफाँडका विषयमा आ–आफ्ना दलका धारणाहरु प्रस्तुत गरेका थिए ।
सत्तारुढ गठबन्धनमा आबद्ध दलहरुबीच आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि पनि गठबन्धनलाई कायमै राखेर अघि बढने विषयमा छलफल भइरहेको बताइएको छ ।
सोमबार सिटबाँडफाँडबारेका आधारहरुबारे सामान्य छलफल भएको छ ।
स्थानीय तहमा जस्तै पहिले जितेका तत पार्टीले लिने । कांग्रेसले जितेको कांग्रेसले नै, माओवादीले पहिला जितेको माओवादीले नै र नेकपा एस र जसपाको हकमा पनि यही रहने विकल्प प्रस्तुत भएको छ ।
एमालेले जितेको बाँड्ने भन्ने छ । एमालेले जितेको बाँडफाँड गर्दा सबैभन्दा धेरै कांग्रेसले लिने, यसो हुँदा कांग्रेस जम्माजम्मी ७० देखि ८० भित्र सिमित रहनुपर्ने । बाँकी अरु गठबन्धनभित्रका दलहरुले लिने भन्ने विकल्प प्रस्तुत गरिएको छ । तर, कांग्रेस आफुले ८० देखि ९० सिट पाउनुपर्नेमा अडिग छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies