२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

आजदेखि संघीय संसद्को बजेट अधिवेशन सुरु हुँदै

Nada
२०८३ वैशाख २८ गते ०९:४८
Shares
आजदेखि संघीय संसद्को बजेट अधिवेशन सुरु हुँदै

काठमाडौँ । संघीय संसद्को बजेट अधिवेशन आजदेखि शुरु हुने भएको छ। मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन आह्वान गरेका हुन् ।

ncell

आज प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक सुरु हुनुका साथै सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्न संयुक्त सदनको बैठक पनि बस्नेछ। सरकारका तर्फबाट राष्ट्रपति पौडेलले अपराह्न ४ बजे नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।

विगत वर्षको तुलनामा केही ढिला अधिवेशन सुरु भएको बताइएको छ । कार्यतालिकामा दबाब रहेका यस अधिवेशनमा नियमित विधायिकी प्रक्रियासँगै संवैधानिक र कानुनी दायित्वका महत्त्वपूर्ण कार्यसूची अघि बढाइनेछन् ।

संविधानअनुसार सरकारले जेठ १५ गते वार्षिक बजेट प्रस्तुत गर्नुपर्नेछ भने असार मसान्तभित्र बजेट पारित र प्रमाणीकरणको प्रक्रिया पूरा गर्नुपर्नेछ । यसअघि संसद् अधिवेशन नभएको समयमा राष्ट्रपतिबाट जारी भएका आठ वटा अध्यादेश पनि आजै संसद्का दुवै सदनमा पेश गरिने कार्यसूची छ ।

संवैधानिक व्यवस्थाअनुसार अध्यादेश संसद् पेश भएको ६० दिनभित्र प्रतिस्थापन विधेयक पारित गरिसक्नुपर्ने हुन्छ । अधिवेशनमा प्रि–बजेट छलफल, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि बहस, वैकल्पिक वित्त परिचालनसम्बन्धी विधेयक, राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना तथा सञ्चालन) विधेयक तथा चलचित्र विधेयक माथिको प्रक्रिया पनि अघि बढाइनेछ ।

सरकारले पहिलो प्राथमिकतामा राखेका ४० भन्दा बढी विधेयक यस अधिवेशनमा संसद्मा दर्ता तथा प्रक्रियामा लैजाने तयारी गरेको छ । साथै, प्रतिनिधि सभा नियमावली २०८३ को मसौदा पनि यही अधिवेशनबाट स्वीकृत गर्ने तयारी छ। संसद् सचिवालयका अनुसार नीति तथा कार्यक्रममाथि वैशाख ३० गते छलफल, संशोधन, जवाफ तथा पारित गर्ने कार्यसूची तय गरिएको छ ।

ताजा खबर

सम्बन्धित खबर