२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

नीति तथा कार्यक्रम स्वीकृत

Nada
२०८३ वैशाख २८ गते ११:३३
Shares
नीति तथा कार्यक्रम स्वीकृत

काठमाडौं : सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई स्वीकृत गरेको छ ।

ncell

मन्त्रिपरिषद्को आज बसेको बैठकले राष्ट्रपति रामचन्द्र पौडेलद्वारा आज संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत हुने  नीति तथा कार्यक्रमको सम्बोधनलाई स्वीकृत गरेको हो ।

आज अपराह्न ४ बजे राष्ट्रपति पौडेलले नेपालकोसंविधानको धारा ९५ बमोजिम संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने  सम्भावित कार्यसूची  छ । 

मन्त्रिपरिषद्को बैठकले नेपालको संविधानको धारा ९५ बमोजिम राष्ट्रपतिद्वारा हुने सम्बोधनलाई स्वीकृत गरेको सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले जानकारी दिए । संघीय संसद्को दुवै सदनको अधिवेशन आजदेखि सुरु हुँदैछ ।

ताजा खबर

सम्बन्धित खबर