२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

दोहोरो सुविधा लिनेबाट ७०१ सरकारी गाडी फिर्ता

Nada
२०८३ वैशाख २८ गते १३:१२
Shares
दोहोरो सुविधा लिनेबाट ७०१ सरकारी गाडी फिर्ता

काठमाडौं : सरकारले दोहोरो सुविधाका नाममा विभिन्न राजनीतिकर्मी, पूर्वप्रशासक तथा अन्य व्यक्तिहरूले प्रयोग गर्दै आएका ७०१ वटा सरकारी गाडी फिर्ता ल्याएको जनाएको छ । प्रशासनिक अनुशासन कायम गर्दै राज्यको अनावश्यक खर्च नियन्त्रण गर्ने अभियानअन्तर्गत ती सवारी साधन फिर्ता गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको हो ।

ncell

प्रधानमन्त्री बालेन शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले शुक्रबारसम्म ३४ वटा सरकारी निकायबाट ती गाडी फिर्ता ल्याइएको जानकारी दिइन् । उनका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत प्रयोगमा रहेका २६ वटा गाडीसमेत सरकारको नियन्त्रणमा फर्काइएको छ।

सरकारले सबैभन्दा धेरै अर्थ मन्त्रालयअन्तर्गत प्रयोगमा रहेका १२४ वटा गाडी फिर्ता ल्याएको जनाएको छ । त्यस्तै, सहरी विकास मन्त्रालयअन्तर्गतका ७५, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतका ६४ तथा गृह मन्त्रालयबाट प्रयोग भइरहेका २१ वटा गाडी फिर्ता गरिएको छ ।

यस्तै, कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट २०, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट १६, ऊर्जा तथा जलस्रोत मन्त्रालयबाट १६, रक्षा मन्त्रालयबाट १४ तथा वन तथा वातावरण मन्त्रालयबाट १३ वटा गाडी फिर्ता ल्याइएको छ ।

हेर्नुहोस् सूची :

ताजा खबर

सम्बन्धित खबर