२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

ममाथिको आरोप प्रमाणित भए राजनीतिबाट सन्यास लिन्छु : सांसद खरेल

Nada
२०८३ वैशाख २८ गते १४:४१
Shares
ममाथिको आरोप प्रमाणित भए राजनीतिबाट सन्यास लिन्छु : सांसद खरेल

काठमाडौं : सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद एवं पूर्वसञ्चारमन्त्री जगदीश खरेलले आफूले स्मार्ट टेलिकममा घोटाला गरेको भनिएको प्रकाशित गरिएका समाचारप्रति आपत्ति जनाएका छन् ।

ncell

सोमबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा बोल्दै उनले सो घोटाला प्रकरणमा आफू संलग्न भएको प्रमाणित भए राजनीतिक जीवनबाटै सन्यास लिने घोषणा समेत गरे ।

सो प्रकरणमा आफूलाई जोडेर आएको त्यस्ता समाचार निरर्थक, भ्रामक, घटिया र यति तल्लोको भएको जिकीर गर्दै सांसद खरेलले आफू र आफनो पार्टीको बद्नाम गराउने उद्देश्यले उक्त समाचार आएका दाबी समेत गरे । उनले आफूले सञ्चारमन्त्रीको रुपमा रहँदा सो कम्पनीसँग एक पटक मिटिङ समेत नबसेको जिकिर समेत गरे ।

सांसद खरेलले उक्त समाचार आफ्नो प्रतिष्ठामा आँच पुर्‍याउने गलत मनसायका साथ प्रकाशन, प्रसारण गरिएको पनि बताए ।

ताजा खबर

सम्बन्धित खबर