२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

विद्युत् प्राधिकरण वितरण केन्द्र कञ्चनपुरका प्रमुख दासविरुद्ध भ्रष्टाचार मुद्दा

Nada
२०८३ वैशाख २८ गते १५:१२
Shares
विद्युत् प्राधिकरण वितरण केन्द्र कञ्चनपुरका प्रमुख दासविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ लाख ४० हजार रुपैयाँ घुस लिएको अभियोगमा नेपाल विद्युत् प्राधिकरण, वितरण केन्द्र कञ्चनपुर, सप्तरीका प्रमुख महेन्द्र कुमार दासविरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

ncell

आयोगका अनुसार प्रमुख दासले चार्जिङ स्टेसन सञ्चालनका लागि ट्रान्सफर्मर राखी विद्युत् लाइन छोडिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरिरहेको सूचना प्राप्त भएको थियो । अनुसन्धानका क्रममा उनले नियमानुसार गर्नुपर्ने काम सम्पन्न भइसकेपछि पनि सेवाग्राहीसँग घुस रकमको बार्गेनिङ गरेको र रकम नदिएमा लाइन काटिदिने धम्की समेत दिएको पुष्टि भएको अख्तियारले जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिएको टोलीले दासलाई सेवाग्राहीबाट १ लाख ४० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित नियन्त्रणमा लिएको थियो ।

अख्तियारले दासविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा १ लाख ४० हजार बिगो कायम गरेको छ । सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम कैद सजाय र बिगो बमोजिमको जरिवाना सजायको मागदाबी गर्दै मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।

ताजा खबर

सम्बन्धित खबर