काठमाडौं : नेपाली कला क्षेत्रका वरिष्ठ छायाँकार विदुर पाण्डेको ५४ बर्षको उमेरमा निधन भएको छ ।
उनको आज बिहान हृदयघातका कारण पाण्डेको निधन भएको परिवारले जानकारी दिएको छ ।
पाण्डेलाई सीतापाइलास्थित आफ्नै घरमा हृदयाघात भएपछि उपचारका लागि गंगालाल अस्पताल पुर्याइएको थियो ।
अस्पतालका चिकित्सकले उनलाई मृत घोषित गरेका हुन् । पाण्डेले १५ सय भन्दा धेरै म्युजिक भिडियो र थुप्रै विज्ञापन चलचित्र उनले छायांकन गरेका थिए ।
उनले ‘कागबेनी’ लगायत केही फिल्मपनि छायांकन गरेका थिए। त्यस्तै, पाण्डेले स्वर, भूँईमान्छे, हाम्रो टिमलगायतका फिल्ममा पनि काम गरेका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies