२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

महिला उद्यमशीलता विकासमा जोड

Nada
२०८३ वैशाख २८ गते १६:५६
Shares
महिला उद्यमशीलता विकासमा जोड

काठमाडौं : सरकारले रोजगारी आबद्ध उत्पादन क्षेत्र स्थापना गर्ने भएको छ । संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेल आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो जानकारी दिएका हुन् ।

ncell

उक्त नीति तथा कार्यक्रम अनुसार श्रम प्रदान निर्यात सम्भावना भएका कृषि प्रशोधन पर्यटन सेवा, हलुका उत्पादन र प्रविधिमा आधारित उद्योगको विस्तारका लागि रोजगारी आबद्ध उत्पादन क्षेत्र स्थापना गरिने भएको छ ।

त्यस्तै, लगानीका क्षेत्र विस्तार गर्दै सार्वजनिक निजी साझेदारी मार्फत परियोजना पाइपलाइन तयार गरि लगानी जोखिम बाँडफाँड र सम्झौता ढाँचा स्पष्ट गरिने भएको छ । महिलाले नेतृत्व गरेका उद्यमलाई बजारमुखी बनाउन महिला उद्यमशीलता विकास रणनीति तर्जुमा गरिने भएको छ ।

ताजा खबर

सम्बन्धित खबर