२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

सरकारको नीति तथा कार्यक्रममा नवीनता नदेखिएको नेकपाको टिप्पणी

Nada
२०८३ वैशाख २८ गते १९:१२
Shares
सरकारको नीति तथा कार्यक्रममा नवीनता नदेखिएको नेकपाको टिप्पणी

काठमाडौँ : नेपाली कम्युनिस्ट पार्टीले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम अपेक्षाअनुसार प्रभावकारी र नवीन हुन नसकेको टिप्पणी गरेको छ ।

ncell

संसद् भवन परिसरमा सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै युवराज दुलालले नीति तथा कार्यक्रममा नयाँ दृष्टिकोण र स्पष्ट ऊर्जा अभाव देखिएको बताएका हुन् ।

उनले नीति तथा कार्यक्रम परम्परागत शैलीमै सीमित भएको उल्लेख गर्दै जनताले अपेक्षा गरेजस्तो आशालाग्दो योजना समावेश नभएको धारणा राखे । दुलालका अनुसार कार्यक्रममा परिवर्तनको स्पष्ट संकेतभन्दा निरन्तरताकै प्रभाव बढी देखिएको छ ।

प्रधानमन्त्रीको संसद् बैठकबाट छिट्टै बाहिरिनुलाई संकेत गर्दै उनले कार्यक्रम प्रस्तुतिमा उत्साह र सक्रियताको कमी अनुभूत भएको टिप्पणी पनि गरेका छन् ।

ताजा खबर

सम्बन्धित खबर