२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

एसईई नतिजा आजै सार्वजनिक गर्ने बोर्डको निर्णय

Nada
२०८३ वैशाख २८ गते १९:१७
Shares
एसईई नतिजा आजै सार्वजनिक गर्ने बोर्डको निर्णय

काठमाडौँ : राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आजै सार्वजनिक गर्ने निर्णय गरेको छ ।

ncell

राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालयमा बसेको बैठकले नतिजा सार्वजनिक गर्ने तयारी पूरा गरी आजै प्रकाशन गर्ने निष्कर्ष निकालेको हो ।

बोर्डका अनुसार यस वर्षको एसईई परीक्षा गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको थियो । यस पटक परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गरिएको कारण नतिजा छिटो सार्वजनिक गर्न सकिएको जनाइएको छ ।

यस वर्ष एसईई परीक्षाका लागि कुल ५ लाख १२ हजार ४२१ विद्यार्थीले आवेदन दिएका थिए । त्यसमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५६६ जना र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जना सहभागी भएका हुन् ।

लिङ्गगत विवरणअनुसार परीक्षामा २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०१ छात्र तथा अन्य ७ जना सहभागी रहेको बोर्डले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर