२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

सरकारको नीति तथा कार्यक्रम दिशाहीन रहेको एमालेको टिप्पणी

Nada
२०८३ वैशाख २८ गते १९:१९
Shares
सरकारको नीति तथा कार्यक्रम दिशाहीन रहेको एमालेको टिप्पणी

काठमाडौँ : नेकपा एमालेले सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रमलाई स्पष्ट कार्यदिशाविहीन र परम्परागत शैलीको दस्ताबेज भएको टिप्पणी गरेको छ ।

ncell

संसद् भवन परिसरमा सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै गुरु बरालले नीति तथा कार्यक्रममा ठोस नयाँपन नदेखिएको बताएका हुन् ।

उनले प्रस्तुत कार्यक्रमलाई ‘शब्दजाल’मा सीमित रहेको आरोप लगाउँदै यसले स्पष्ट गन्तव्य र कार्ययोजना प्रस्तुत गर्न नसकेको धारणा राखे । बरालका अनुसार अघिल्ला सरकारहरूले अघि सारेका कार्यक्रमलाई फरक भाषामा पुनः प्रस्तुत गरिएको जस्तो देखिएको छ ।

एमालेले नीति तथा कार्यक्रमले देशको वर्तमान आवश्यकता र चुनौतीलाई सम्बोधन गर्ने स्पष्ट दृष्टिकोण नसमेटेको टिप्पणी पनि गरेको छ ।

ताजा खबर

सम्बन्धित खबर