मकवानपुरः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन तोकिएकै समयममा सम्पन्न हुने बताएका छन् ।
बुधबार हेटौडामा प्रेस सेन्टरले गरेको पत्रकार सम्मेलनमा मन्त्री पौडेलले चुनावमा हारजित जसको भएपनि लोकतान्त्रिक प्रणाली स्थापित गर्न तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्नुपर्ने बताए ।
नेकपा (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्यसमेत रहेका उनले निर्वाचन सम्पन्न गर्ने सन्दर्भमा निर्वाचन आयोगमार्फत आवश्यक तयारी भइरहेको जानकारी दिए। निर्वाचन निष्पक्ष, धाँधलीरहित र भयरहित वातावरणमा सम्पन्न हुने उनको भनाइ थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies