२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

सरकारको नीति तथा कार्यक्रम ‘कर्मकाण्डी’ रहेको कांग्रेसको टिप्पणी

Nada
२०८३ वैशाख २८ गते १९:२३
Shares
सरकारको नीति तथा कार्यक्रम ‘कर्मकाण्डी’ रहेको कांग्रेसको टिप्पणी

काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई प्रभावकारीभन्दा बढी औपचारिक प्रकृतिको भएको टिप्पणी गरेका छन् ।

ncell

संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै अर्जुननरसिंह केसीले नीति तथा कार्यक्रममा उल्लेखनीय नयाँपन नदेखिएको बताएका हुन् ।

उनले सरकारले विभिन्न योजना र कार्यक्रम अघि सार्ने संकेत गरे पनि कार्यान्वयनको स्पष्ट आधार नदेखिएको धारणा राखे । नीति तथा कार्यक्रममा समावेश गरिएका विषयहरूको प्रभावकारिता आगामी बजेटमार्फत मात्र स्पष्ट हुने उनको भनाइ थियो ।

केसीले सरकारले निरन्तरतामै आधारित कार्यक्रमलाई नयाँ ढंगले प्रस्तुत गर्न खोजेको आभास भएको उल्लेख गर्दै परिणाममुखी कार्यान्वयनमा जोड दिएका छन् ।

ताजा खबर

सम्बन्धित खबर