काठमाडौंः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गरेर मुलुकलाई आत्मनिर्भर बनाउनुपर्ने बताएका छन् ।
एमालेको कृषि तथा पशुपक्षी केन्द्रीय विभागले आज अध्यक्ष ओली र कृषि वैज्ञानिकसँगको छलफल कार्यक्रममा उनले नेपालमा कृषि बजारको अभाव नभएको र तर त्यसको सही व्यवस्थान हुन नसकेको उल्लेख गरे ।
पूर्वप्रधानमन्त्री ओलीले जमिन बाँझो नराखी कृषि क्षेत्रको विकासका लागि प्रविधिको प्रयोगमा जोड दिएर यसक्षेत्रमा संलग्न हुने जनशक्ति घटाउनुपर्नेमा जोड दिए ।
अध्यक्ष ओलीले वर्तमान सरकारले शिक्षा, प्रविधि र कृषि उपजका लागि वर्तमान सरकारले उचित ध्यान दिन नसकेको आरोप लगाए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies