काठमाडौं : नेपालस्थित साउदी अरेबियाको दूतावासमा उत्पन्न भिसा समस्याको समाधान लामो समयदेखि नभएको विषयलाई नेपाल सरकारले गम्भीरताका साथ लिनुपर्ने वैदेशिक रोजगार व्यवसायीको माग रहेको छ । यद्यपि दूतावासको गलत रवैयाविरुद्ध कोही पनि व्यवसायीहरु खुलेर विरोध गर्न सक्दैनन् ।
दूतावासको ‘ब्ल्याक लिष्ट’मा पर्ने डरले व्यवसायीहरुले खुलेर विरोध गर्न नसकेका हुन् । वैदेशिक रोजगार व्यवसायीको छातासंस्था नेपाल वैदेशिक रोजगार व्यवसायी संघका तर्फबाट विगतमा पटकपटक समस्याको समाधानका लागि पहल भएपनि त्यो पहल समस्याको तुलनामा पर्याप्त नदेखिएको भन्दै व्यवसायीहरूले कामदार लिने मुलुकले कामदार लैजाने देशका व्यवसायी र कामदारको समस्याप्रति देखाउनुपर्ने सम्मान नदेखिएपछि त्यसमा परराष्ट्र मन्त्रालयले नै साउदी राजदूतलाई बोलाएर समस्या समाधानको पहल लिनुपर्ने बताए ।
नाम नछाप्ने शर्तमा एक व्यवसायीले भने, ‘लामो समय समस्याको समाधान नहुँदा संघमार्फत भएको पहल कूटनैतिक मर्यादाको त्रासमा कडिकडाउका साथ उठाउन नसकिएको पनि हुनसक्छ । त्यसैले सरकारीस्तरमा नै पहल हुनुपर्ने बाध्यता महसुस भएको छ ।’
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies