२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

श्रम मन्त्रालयका चालक अपहरण गरेको आरोपमा पक्राउ

Nada
२०८३ वैशाख २९ गते १३:५१
Shares
श्रम मन्त्रालयका चालक अपहरण गरेको आरोपमा पक्राउ

काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सवारी चालक पदमा नियुक्त भएका एक व्यक्ति अपहरण, शरीर बन्धक तथा अपमानजनक व्यवहारसम्बन्धी आरोपमा पक्राउ परेका छन् ।

ncell

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार सप्तरीको महादेवा गाउँपालिका–१ स्थायी घर भई हाल राजविराज नगरपालिका–३ मा बसोबास गर्दै आएका २७ वर्षीय मुस्तकिम मिँयालाई सोमबार नियन्त्रणमा लिइएको हो । उनीमाथि आरोपित घटनासम्बन्धी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

उनी २०८२ चैत २७ गते श्रम मन्त्रालयमा हलुका सवारी चालक पदमा नियुक्त भएका थिए । नियुक्तिपत्रमा उनको नाम ‘मो. मुस्तकिम’ उल्लेख भए पनि प्रहरी अभिलेखमा ‘मुस्तकिम मिँया’ नाम देखिएको छ ।

ताजा खबर

सम्बन्धित खबर