२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

म निदाएको हैन, मोबाइलमा ‘इमर्जेन्सी’ सन्देशहरू हेर्न व्यस्त थिए : अर्थमन्त्री वाग्ले 

Nada
२०८३ वैशाख २९ गते १३:५९
Shares
म निदाएको हैन, मोबाइलमा ‘इमर्जेन्सी’ सन्देशहरू हेर्न व्यस्त थिए : अर्थमन्त्री वाग्ले 

काठमाडौँ : सामाजिक सञ्जालमा संसद् बैठकका क्रममा आफू निदाएको भनेर गरिएको टिप्पणीबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले स्पष्टीकरण दिएका छन् ।

ncell

प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको मंगलबारको बैठकमा उनले उक्त दाबी वास्तविक नभएको उल्लेख गर्दै त्यस समयमा आफू अत्यावश्यक सन्देशहरू हेर्न व्यस्त रहेको बताएका हुन् ।

उनका अनुसार संसदमा राष्ट्रपति उपस्थित भएको समयमा फोन सार्वजनिक रूपमा प्रयोग गर्नु उपयुक्त नहुने भएकाले उनले फोनलाई टेबलमुनि राखेर आएका ‘इमर्जेन्सी’ सन्देशहरू हेरेका थिए । सोही क्षणको दृश्यलाई आधार मानेर सामाजिक सञ्जालमा गलत व्याख्या गरिएको उनले बताए ।

अर्थमन्त्री वाग्लेले कुनै दृश्यलाई मात्र हेरेर निष्कर्ष निकाल्नु उचित नहुने भन्दै सांसदहरूलाई पनि सतर्क रहन आग्रह गरे। उनले तत्काल देखिने कुरालाई आधार मानेर दीर्घकालीन वा ठोस निष्कर्षमा नपुग्नुपर्ने धारणा राखे ।

सामाजिक सञ्जालमा फैलिएको आलोचनाप्रति टिप्पणी गर्दै उनले आफू निदाएको नभई संवेदनशील सन्देशहरू हेर्ने क्रममा ध्यान केन्द्रित भएको दोहोर्‍याए ।

ताजा खबर

सम्बन्धित खबर