२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

संसद्‍मा भीष्मराज आङ्देम्बेको प्रश्न- सुधन गुरुङमाथि किन छानबिन भएन ?

Nada
२०८३ वैशाख २९ गते १४:२६
Shares
संसद्‍मा भीष्मराज आङ्देम्बेको प्रश्न- सुधन गुरुङमाथि किन छानबिन भएन ?

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले निवर्तमान गृहमन्त्री सुधन गुरुङमाथि छानबिन नभएकोमा असन्तुष्टि जनाएका छन् ।

ncell

प्रतिनिधिसभाको मंगलबारको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा आफ्नो धारणा राख्दै नेता आङ्देम्बेले तत्कालीन गृहमन्त्रीमाथि लागेको संगीन आरोपका बारेमा सरकारले छानबिन नगरेको बताए ।

संसद्‍मार्फत सरकारको ध्यानाकर्षण गर्दै उनले प्रश्न गरे, 'अरुलाई भ्रष्टाचारको एकोहोरो आरोपबाट ‘अल्गोरेदेमिक’ खेदाइ गर्ने, तर आफ्नै तत्कालीन गृहमन्त्रीमाथि लागेको संगीन आरोपहरूको कुनै छानबिन नगर्ने कस्तो सुशासन हो ?'

उनले अगाडि भने, ‘तत्कालीन गृहमन्त्रीमाथिको आरोपहरूको निष्पक्ष छानबिन किन हच्किएको म सभामुखज्यूमार्फत सोध्न चाहन्छु ।’

गृह मन्त्रालय जस्तो सम्वेदनशील मन्त्रालयको नेतृत्व लामो समयदेखि खाली भएकोप्रति समेत उनले सरकारको ध्यानाकर्षण गराए ।

ताजा खबर

सम्बन्धित खबर