२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

बाढी र पहिरोका कारण ५ राजमार्ग प्रभावित, २ खण्ड पूर्ण रूपमा बन्द

Nada
२०८३ वैशाख २९ गते १४:५६
Shares
बाढी र पहिरोका कारण ५ राजमार्ग प्रभावित, २ खण्ड पूर्ण रूपमा बन्द

काठमाडौँ : देशका विभिन्न प्रमुख राजमार्गहरूमा आएको बाढी र पहिरोका कारण यातायात सञ्चालनमा समस्या देखिएको छ ।

ncell

नेपाल प्रहरीले अपराह्न साढे १ बजेसम्म संकलन गरेको विवरणअनुसार पाँच वटा राजमार्गका विभिन्न खण्डमा यातायात अवरुद्ध वा सीमित रूपमा सञ्चालन भइरहेको छ । तीमध्ये दुई खण्ड पूर्ण रूपमा बन्द रहेका छन् भने तीन खण्डमा एकतर्फी मात्र सवारी सञ्चालन भइरहेको छ ।

बाढीका कारण मध्यपहाडी लोकमार्ग अन्तर्गत भोजपुर नगरपालिका-५ स्थित बोखिम क्षेत्रमा सडक एकतर्फी मात्र सञ्चालनमा रहेको छ । 

त्यसैगरी पहिरोका कारण कोशी राजमार्ग अन्तर्गत संखुवासभाको मकालु गाउँपालिका-३ नयाँबस्ती खण्डमा पनि एकतर्फी यातायात सञ्चालन भइरहेको प्रहरीले जनाएको छ ।

यता बीपी राजमार्गको काभ्रेपलाञ्चोकस्थित खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी खण्डमा भने सबै प्रकारका सवारी आवागमन पूर्ण रूपमा रोकिएको छ ।

त्यस्तै बेनी-जोमसोम सडक अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ जलथले क्षेत्रमा सवारी साधनहरू आंशिक रूपमा मात्र सञ्चालनमा छन् ।

साथै हिल्सा-सिमकोट सडक अन्तर्गत हुम्लाको नाम्खा गाउँपालिका-२ क्षेत्रमा पनि यातायात पूर्ण रूपमा बन्द रहेको प्रहरीले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर