
पूर्वप्रधानमन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले पन्चायती दमनको झझल्को दिनेगरी सुकुम्वासी बस्ती हटाएको टिप्पणी गरेका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा उनले सरकार बनेका ४५ दिनको समीक्षा गर्दै आफ्नै रोडम्यापको दिशामा नहिँडेको बताए । पन्चायतकालमा भूमिहीन सुकुम्बासीका वस्तीमा हात्ति लगाउने र आगो लगाउने गरेझै अहिले डोजर लगाएर हटाइएको उनको भनाइ छ । ‘धेरै आशा गरिएको सरकारले पहिलो निशाना निमुखा वर्गलाई बनायो । त्यो तत्काल रोकिनुपर्छ’ उनले भने ।