
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले राज्यको असंवेदनशीलताको पनि असफलता भएको बताउँदै राज्य र नागरिकको आत्मसम्मानपूर्वक बाँच्ने अधिकार खोसिएको बताए ।
उनले मन्त्रिपरिषदका सदस्यसमेत हुकुमबासी भएको प्रमाण बाहिरिएको भन्दै त्यसको छानबिन किन नभएको भन्दै प्रश्न पनि गरे ।
नेता शाहीले सरकारले सुकुम्वासी हटाउने नाममा गरेको हर्कत आतङ्कवादीको जस्तै भएको टिप्पणी गरेका छन् । मङ्गलवार प्रतिनिधि सभा बैठकमा बोल्दै नेता शाहीले सत्ता स्थायी नहुने भन्दै हेक्का राख्न चुनौती समेत दिए ।
‘अव्यवस्थित बस्ती जोगाउनुपर्छ भन्ने होइन, सरकारी जग्गा हडपेकाहरूलाई हटाउनुपर्छ तर सरकार सरकार हो कि आतङ्कवादी हो ?’, शाहीको प्रश्न छ ।
उनले मानवीय संवेदनमा डोजर चलाएर विकास नहुने भन्दै सत्ता र शक्तिको आडमा कसैलाई नजोगाउने हो भने मन्त्रीका घरमा किन डोज नलाएको भनेर प्रश्न गरेका छन् ।
सुकुम्वासी हटाउने नाममा दुई नागरिकको ज्यान गएको भन्दै नागरिकको ज्यान बचाउने काम सरकारको होइन भन्दै प्रश्न गरे ।