२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

अर्घाखाँची बस दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुग्यो

Nada
२०८३ वैशाख २९ गते १७:३४
Shares
अर्घाखाँची बस दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुग्यो

काठमाडौँ : अर्घाखाँचीमा मंगलबार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ४ जना पुगेको छ । मृतकमा ३ महिला र एक पुरुष रहेका छन् । 

ncell

सुपा देउराली मन्दिर दर्शनपछि फर्किँदै गरेका पर्वतका यात्रु सवार बस पाणिनी गाउँपालिका–८ दुर्गाफाँटस्थित कुडेलेमा दुर्घटना भएको थियो । 

ध १ ख ५०४ नम्बरको रिजर्भ बस दुर्घटनामा मृत्यु भएकाहरूको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ । 

करिब ३० जना सवार बस सडकबाट करिब १ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएकाहरूलाई उद्धार गरी जिल्ला अस्पताल अर्घाखाँची तथा मिसन अस्पताल पाल्पा पठाइएको छ । 

ताजा खबर

सम्बन्धित खबर