२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

'वन्यजन्तुको आक्रमणमा परेकाहरूले मुलुकमा सरकार नै नभएको जस्तो अनुभूति गरिरहेका छन्'

Nada
२०८३ वैशाख ३० गते ११:५७
Shares
'वन्यजन्तुको आक्रमणमा परेकाहरूले मुलुकमा सरकार नै नभएको जस्तो अनुभूति गरिरहेका छन्'

काठमाडौं : सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद इन्दिरा रानामगरले झापालगायतका तराईका विभिन्न जिल्लामा हात्ति आतंक बढदै गएको उल्लेख गर्दै नियन्त्रणका लागि तत्काल कदम चाल्न सरकारसँग माग गरेकी छन् ।

ncell

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले जंगलमा छेउका मानिसहरूका लागि सरकार नै नभएका अनुभूति भइरहेको समेत बताइन् ।

सांसद रानाले वनपालेको समेत अभाव हुँदा जंगल छेउमा बस्ने नागरिकहरू जंगली जनावरको आक्रमण गर्ने गरेकाले त्यस्ता अवस्था नआउने गरी सरकारले उचित व्यवस्था गर्नुपर्ने बताइन्

त्यस अवसरमा उनले हालै झापा अर्जुनधाराका दिनेश पराजुली जंगली हात्तिको आक्रमणमा परी गम्भीर घाइते भएको जानकारी गराउँदै उनको उपचारको आवश्यक व्यवस्था मिलाउन पनि सरकारलाई सचेत गराइन् ।

ताजा खबर

सम्बन्धित खबर