
काठमाडौं : प्रतिनिधिसभाको बुधबारको बैठकमा सरकारको नीति तथा कार्यक्रम दवाफार छलफलका लागि टेबुल गर्न प्रधानमन्त्री वालेन्द्र शाह अनुपस्थित भएपछि विपक्षी दलका सांसदहरुले संसद् अवरोध गरेका छन् ।
सभामुख डिपी अर्यालले प्रधानमन्त्री शाहका तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेलाई समय दिएसँगै विपक्षी दलका सांसद्हरुले उठेर अवरोध गरेका छन् ।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङसहितका सांसद्हरुले प्रधानमन्त्री शाहको राजीनामा समेत मागेका थिए ।