काठमाडौं : साउदी अरबका लागि नेपालका नवनियुक्त राजदूत नवराज सुवेदीले कार्यभार सम्हालेका छन् । बुधबार साउदी अरेबिया पुगेका राजदूत सुवेदीले बिहीबारदेखि आफ्नो पदभार सम्हालेका हुन् ।
नवनियुक्त राजदूत सुवेदी बिहीबार बिहान हिमालय एयरलाइन्सको उडानबाट राजधानी रियाद पुगेका थिए । उनलाई विमानस्थलमा साउदी अरबका विदेश मन्त्रालयका शिष्टाचार विभागका अधिकारी र दूतावासका कर्मचारीहरुले स्वागत गरेका थिए ।
साउदी अरबमा नेपाली कामदरका समस्या लामो समयदेखि समाधान हुन सकेको छैन । यस्तो अवस्थामा राजदूत सुवेदीले कुटनैतिक सेवा शुरूवात गरेका छन् ।
साउदी अरबमा कार्यभार सम्हाल्न जानुअघि उनले नेपालमा सबै पक्षभन्दा मजदुर संगठनका नेताहरूसँग बाक्लो छलफल गरेकोले उनको दृष्टिकोण मजदुरको हितमा मात्र ‘एकपक्षीय’ हुनसक्ने कतिपयले चिन्ता व्यक्त गरेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies