२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

एमाले नेता थापाको रास्वपालक्षित अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुखको रुलिङ

Nada
२०८३ वैशाख ३० गते १३:०९
Shares
एमाले नेता थापाको रास्वपालक्षित अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुखको रुलिङ

काठमाडौं : सभामुख डोल प्रसाद अर्यालले नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापाले सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को वैचारिक आधार र राजनीतिक चरित्रमाथि प्रश्न उठाउँदै दिएको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन रुलिङ गरेका छन् ।

ncell

प्रतिनिधिसभाको बुधबारको बैठकमा सभामुख अर्यालले यस्तो रुलिङ गरेका हुन् । नेता थापाले रास्वपा कुनै सुव्यवस्थित वा सुसंगत विचारधारामा आधारित दल नभई आकस्मिक रूपमा उत्पन्न भएको अति महत्वाकांक्षी तथा अराजक समूहहरूको अस्थायी गठजोड भएको आरोप लगाए । लगत्तै रास्वपा नेता मनिष खनालले थापाको उक्त अभिव्यक्तिप्रति आपत्ति जनाउँदै संसदको रेकर्डबाट हटाउन माग गरेका थिए ।

एमाले नेता थापाले रास्वपा चरम अवसरवादी र अस्थिर प्रवृत्ति भएको भन्दै यसको परिणाम अत्यन्त घातक हुने बताएका थिए ।

ताजा खबर

सम्बन्धित खबर