२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

संसद्‍मा बालेनको खोजी : विपक्षीको अवरोधपछि बैठक स्थगित, हर्कको बहिष्कार

Nada
२०८३ वैशाख ३० गते १३:२४
Shares
संसद्‍मा बालेनको खोजी : विपक्षीको अवरोधपछि बैठक स्थगित, हर्कको बहिष्कार

काठमाडौं : विपक्षी दलहरुको अवरोध र विरोधपछि प्रतिनिधिसभाको बुधबारको बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ । सरकारको नीति तथा कार्यक्रम दवाफार छलफलका लागि टेबुल गर्न प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) अनुपस्थित भएपछि विपक्षी दलका सांसद्हरु विरोधमा उत्रिएका हुन् । 

ncell

सभामुख डिपी अर्यालले प्रधानमन्त्री शाहका तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेलाई समय दिएसँगै विपक्षी दलका सांसद्हरुले उठेर अवरोध गरेका छन् ।

प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले केही समय समय स्थगित गर्न आग्रह गरेका थिए । सभामुख अर्यालले बैठक अघि बढाउन खोजेपछि विपक्षी सांसद्हरु आफ्नो आसनबाट उठेर विरोध जनाएका थिए । 

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङसहितका सांसदहरुले प्रधानमन्त्री शाहको राजीनामासमेत मागेका थिए । उनी संसद् बैठक बहिष्कार गरेर बाहिरिएका छन् ।

ताजा खबर

सम्बन्धित खबर