
बर्दिया : बर्दिया मृत अवस्थामा पाटेबाग फेला परेको छ । मधुवन नगरपालिका वडा नं. १ मा रहेको भलुनी भटुवा सामुदायिक वनको ओराही खोला छेउमा मृत अवस्थामा पाटेबाघ भेटिएको वडा अध्यक्ष मिन थापाले जानकारी दिए ।
बिहीबार बिहान स्थानीयहरू नजिकैको मन्दिरमा काम गर्न जाने क्रममा मृतक बाघ देखेपछ स्थानीयले आफूलाई खबर गरेको समेत वडा अध्यक्ष थापाले बताए ।