२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

मकैबारीमा गैँडा मृत भेटियो

Nada
२०८३ जेठ १ गते १२:१२
Shares
मकैबारीमा गैँडा मृत भेटियो

त्रिवेणी (नवलपरासी) : नवलपरासी (बर्दघाट सुस्ता पूर्व) कावासोती नगरपालिका-१ लोकहा स्याउलीमा एउटा भाले गैँडा मृत फेला परेको छ ।

ncell

स्थानीय भीमबहादुर दर्जीको मकैबारीमा आज बिहान गैँडा मृत फेला परेको डिभिजन वन कार्यालय नवलपुरका प्रमुख विष्णुप्रसाद अधिकारीले बताए ।  

उनका अनुसार वयस्क गैँडा मरेको हो । खाग र खुर सुरक्षित राखिएको छ । शरीरमा चोटपटक नदेखिएकाले गैँडाको मृत्युको कारण खुल्न सकेको छैन । यस सम्बन्धमा अनुसन्धान भइरहेको छ ।

ताजा खबर

सम्बन्धित खबर