२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

प्युठानको डामृखोलामा मारुति भ्यान दुर्घटना : चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु

Nada
मधुसुदन भण्डारी
२०८३ जेठ १ गते १८:३०
Shares
प्युठानको डामृखोलामा मारुति भ्यान दुर्घटना : चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु

प्युठान : प्युठानको माण्डवी गाउँपालिका–१ डामृखोलास्थित देबिस्थान–दाङ सडक खण्डमा मारुति भ्यान दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

ncell

जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार मिति २०८३ जेठ १ गते दिउँसो करिब १ बजे लु.प्र.०२–००१ ज ०१०४ नम्बरको मारुति भ्यान सडकबाट अन्दाजी २०० मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा भ्यान चालक प्युठान नगरपालिका–४ निवासी अन्दाजी २४ वर्षीय दिलिप परियार र सवार मल्लरानी गाउँपालिका–५ धुदी निवासी अन्दाजी २६ वर्षीय अभिषेक कुँवरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनापछि प्रहरी टोली घटनास्थल पुगेको थियो । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर