२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

‘ग्लोबल स्टार सर्वोत्कृष्ट व्यवस्थापक तथा राष्ट्रसेवक सम्मान’ श्रेष्ठलाई 

Nada
२०८३ जेठ २ गते १७:३३
Shares
‘ग्लोबल स्टार सर्वोत्कृष्ट व्यवस्थापक तथा राष्ट्रसेवक सम्मान’ श्रेष्ठलाई 

काठमाडौं : नेपालको उद्योग, व्यापार, महिला उद्यमशीलता तथा व्यवस्थापनको क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएकी प्रतिष्ठित व्यक्तित्व उर्मिला श्रेष्ठ ‘ग्लोबल स्टार सर्वोत्कृष्ट व्यवस्थापक तथा राष्ट्रसेवक सम्मान’ बाट सम्मानित भएकी छन् । उनलाई विभिन्न सामाजिक, व्यावसायिक तथा राष्ट्र निर्माणका क्षेत्रमा पुर्‍याएको योगदानको उच्च मूल्यांकन गर्दै उक्त सम्मान प्रदान गरिएको हो ।

ncell

हाल उनी नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष, महिला चेम्बरकी अध्यक्ष तथा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडकी प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत छिन् । उनको नेतृत्वमा व्यापार, महिला उद्यमशीलता, सामाजिक उत्तरदायित्व तथा राष्ट्रिय आर्थिक विकासका क्षेत्रमा उल्लेखनीय उपलब्धिहरू हासिल भएका छन् ।

व्यावसायिक क्षेत्रमा इमान्दारिता, अनुशासन र दूरदर्शी नेतृत्वका कारण उर्मिला श्रेष्ठ नेपाली निजी क्षेत्रको प्रेरणादायी व्यक्तित्वका रूपमा परिचित छिन् । नेपालका सफल र सक्षम महिलाहरूको नाम उच्चारण गर्दा अग्रपङ्क्तिमा पर्ने व्यक्तित्वमध्ये उनी पनि एक हुन् । विशेषगरी महिला उद्यमीहरूको क्षमता विकास, नेतृत्व अभिवृद्धि तथा आर्थिक सशक्तीकरणमा उनले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएकी छन् । व्यापारिक पृष्ठभूमि तथा प्राज्ञिक वातावरण बोकेको नेवार परिवारमा जन्मनुभएकी श्रेष्ठ बौद्धिकता एवं कर्मशीलताका कारण लोकप्रिय समेत छिन् ।

उनले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको निजी क्षेत्र, महिला उद्यमशीलता तथा व्यापार प्रवर्द्धनका निम्ति सक्रिय भूमिका खेल्दै आएकी छन् । सामाजिक सेवामा समेत उत्तिकै सक्रिय श्रेष्ठले शिक्षा, स्वास्थ्य, महिला सशक्तीकरण तथा विपद् व्यवस्थापनका क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएकी छन् । उनको नेतृत्व र समर्पणले नेपाली निजी क्षेत्रलाई थप उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरिएको छ ।

 प्रेरणादायी व्यक्तित्व उर्मिला श्रेष्ठ : संक्षिप्त जीवनी

उर्मिला श्रेष्ठ नेपालको सफल महिला उद्यमी, कुशल व्यवस्थापक तथा सामाजिक व्यक्तित्व हुन् । व्यापार तथा उद्योग क्षेत्रमा लामो अनुभव हासिल गरेकी श्रेष्ठ हाल नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष, महिला चेम्बरकी अध्यक्ष तथा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड की कार्यकारी प्रमुखको जिम्मेवारीमा छिन् ।

नेपालको निजी क्षेत्रलाई सुदृढ बनाउने, उद्यमशीलतालाई प्रोत्साहन गर्ने तथा राष्ट्रिय आर्थिक विकासमा निजी क्षेत्रको भूमिका विस्तार गर्ने विषयमा उनको महत्वपूर्ण योगदान छ  । निजी-सार्वजनिक साझेदारीको भावनालाई वस्तुनिष्ठ ढङ्गले आत्मसात गर्दै सबल नेतृत्व प्रदान गर्ने विशेष क्षमता र कार्यदक्षताका कारण उनी आफूलाई सक्षम महिला नेतृत्वका रूपमा स्थापित गर्न सफल छिन् । व्यवसायीहरूको हकहित, स्वरोजगार सिर्जना तथा उद्यमशीलताको वातावरण निर्माणमा उनको भूमिका उल्लेखनीय मानिन्छ ।

श्रेष्ठले व्यावसायिक क्षेत्रसँगै सामाजिक सेवामा पनि निरन्तर योगदान दिँदै आएकी छन् । शिक्षा, सामाजिक जागरण तथा मानवीय सेवासम्बन्धी विविध अभियानहरूमा उहाँको उल्लेखनीय सहभागिता रहँदै आएको छ ।

नेतृत्व क्षमता, कार्यकुशलता, अनुशासन तथा राष्ट्रप्रतिको समर्पणका कारण उनी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाबाट सम्मानित हुँदै आएकी छन्  । ‘ग्लोबल स्टार सर्वोत्कृष्ट व्यवस्थापक तथा राष्ट्रसेवक सम्मान’ पनि उनको योगदानको कदरस्वरूप प्रदान गरिएको प्रतिष्ठित सम्मानका रूपमा हेरिएको छ ।

ताजा खबर

सम्बन्धित खबर