२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

रुखमा अड्किएका सुनारको सकुशल उद्धार

Nada
२०८३ जेठ २ गते १९:०४
Shares
रुखमा अड्किएका सुनारको सकुशल उद्धार

कैलाली : कैलाली जिल्लाको गोदावरी नगरपालिका–११ ओलानीबाट सशस्त्र प्रहरीले रुखमा अड्किएका एक जनाको सकुशल उद्धार गरेको छ ।

ncell

सोही नगरपालिका बस्ने  ७३ बर्षिय लाल बहादुर सुनार घर नजिकै रहेको रुखमा स्याउला काट्न  रुखमा चढेकोमा उक्त रुखबाट तल झर्न नसकी रुखमा नै अड्किएका  थिए ।

उनी रुखमा अड्किएको खबर प्राप्त भएपश्चात् सशस्त्र प्रहरी बल नेपाल नं.७ बैद्यनाथ बाहिनीबाट खटिएको टोलीले सकुशल उद्धार गरेको जनाएको छ  ।

ताजा खबर

सम्बन्धित खबर