२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

नागोयामा नुवाकोट समाज जापानको नयाँ समिति गठन

Nada
२०८३ जेठ २ गते २१:००
Shares
नागोयामा नुवाकोट समाज जापानको नयाँ समिति गठन

नागोया, जापान : जापानमा रहेका नुवाकोटे समुदायबीच आपसी एकता, सहकार्य तथा सामाजिक सक्रियतालाई थप मजबुत बनाउने उद्देश्यसहित नुवाकोट समाज जापानको क्षेत्रीय समिति नागोयाको प्रथम क्षेत्रीय अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनबाट केशव भट्टराईको नेतृत्वमा नयाँ कार्यसमिति तथा सल्लाहकार समिति सर्वसम्मत रूपमा निर्विरोध चयन गरिएको हो । 

ncell

कार्यक्रममा सहभागी वक्ताहरूले विदेशमा रहेर पनि नुवाकोटेली पहिचान, सामाजिक सम्बन्ध तथा आपसी सहयोगलाई सुदृढ बनाउन क्षेत्रीय समितिको भूमिका महत्वपूर्ण रहने बताएका थिए । उनीहरूले आगामी दिनमा सामाजिक, सांस्कृतिक तथा आपतकालीन सहयोगका गतिविधिहरूलाई अझ प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए ।

अधिवेशनबाट अध्यक्ष पदमा केशव भट्टराई चयन भएका छन् भने उपाध्यक्षमा विकास पुडासैनी, दिनेश भट्टराई, सुमन थापा र पुरुषोत्तम प्याकुरेल निर्वाचित भएका छन् । त्यसैगरी सचिवमा अर्जुन न्यौपाने, सह–सचिवमा अनुष्का तामाङ र आशा मैनाली तथा कोषाध्यक्षमा दिवस अधिकारी चयन भएका छन् । 

यस्तै सदस्यहरूमा जनक रिजाल, प्रमिश ढकाल, दिपेश पुडासैनी, साजन तिमल्सिना, सहदेव रिमाल, ईश्वर जंग खड्का, गोपी कृष्ण न्यौपाने, राम कार्की, संगम अर्याल तथा बन्दना रिमाल रहेका छन् । सल्लाहकार समितिमा सन्तोष गजुरेल, पवन पाठक, शम्भु श्रेष्ठ र रुपक श्रेष्ठ चयन भएका छन् । 

नयाँ नेतृत्वले समाजलाई थप सशक्त, व्यवस्थित तथा उदाहरणीय संस्थाका रूपमा अगाडि बढाउने विश्वास रहेको नुवाकोट समाज जापानका अध्यक्ष ज्ञानेन्द्र पुडासैनीले बताएका छन्।

त्यस्तै, नुवाकोट समाज जापानका सल्लाहकार हरी लामिछानेले नवगठित समितिलाई कार्यकाल सफलताको शुभकामना दिँदै जापानमा रहेका नुवाकोटेली समुदायलाई अझ एकताबद्ध बनाउन सबैको सहकार्य आवश्यक रहेको बताएका छन् ।

विदेशी भूमिमा रहेर पनि आफ्नो जिल्ला, भाषा, संस्कृति तथा सामाजिक सम्बन्धलाई जीवन्त राख्ने उद्देश्यले स्थापना भएको नुवाकोट समाज जापानले विगतदेखि नै विभिन्न सामाजिक तथा मानवीय गतिविधिहरू सञ्चालन गर्दै आएको छ । नागोयामा गठन भएको नयाँ क्षेत्रीय समितिले आगामी दिनमा समुदायका हरेक गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।

ताजा खबर

सम्बन्धित खबर