२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

कांग्रेस केन्द्रीय समिति बैठकमा ११ एजेण्डा पेस

ADV
मध्यान्ह
२०८१ साउन २३ गते १७:३१
कांग्रेस केन्द्रीय समिति बैठकमा ११ एजेण्डा पेस

काठमाडौँ : नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा ११ एजेण्डा प्रस्तुत भएको छ । आजबाट शुरु भएको बैठकमा ११ एजेण्डा प्रस्तुत भएको प्रवक्ता प्रकाशशरण महतले बताए ।

महासमिति बैठकमा पेश भएका प्रस्तावलाई परिमार्जनसहित पारित गर्ने, राष्ट्रिय सहमतिको सरकारका सम्बन्धमा भएको सहमति अनुमोदन, भ्रातृ संगठनहरुको अधिवेशनको समयमा निर्देशन समिति बनाउने, १०० दिने सांगठनिक अभियान (भदौ १५-मंसिर २५) सञ्चालन गर्ने प्रस्ताव पेश भएको बताए ।

अनुशासन समितिका संयोजकले अनुशानको विषयमा निर्णय लिने, पार्टीका विभिन्न तहमा रिक्त स्थानका पदपूर्ति गर्ने, क्रियाशील सदस्यता वितरण (नयाँ र नवीकरण) विषय, समसामयिक राजनीतिलगायतको विषयमा छलफल भोलिबाट चल्ने उनले बताए । प्रवक्ता महतले प्रस्ताव भएका एजेण्डामा भोलिदेखि निरन्तर छलफल गरेर केही दिनमा निष्कर्षमा पुग्ने बताए ।

ADVADV

सम्बन्धित खबर

Advertise