२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

कुवेत एयरवेजले काठमाडौँ उडान पुनः सुरु गर्ने, सातामा दुई उडान तालिका सार्वजनिक

Nada
२०८३ जेठ ३ गते १८:३५
Shares
कुवेत एयरवेजले काठमाडौँ उडान पुनः सुरु गर्ने, सातामा दुई उडान तालिका सार्वजनिक

काठमाडौँ : कुवेत एयरवेजले काठमाडौँतर्फको नियमित हवाई सेवा पुनः सञ्चालन गर्ने भएको छ ।

ncell

एयरवेजले कुवेत-काठमाडौँ-कुवेत रुटमा साताको दुई वटा उडान गर्ने योजना सार्वजनिक गरेको छ । यसअघि पश्चिम एसियामा देखिएको द्वन्द्वका कारण उक्त सेवा स्थगित भएको थियो ।

कम्पनीले सार्वजनिक गरेको तालिकाअनुसार मंगलबार र बिहीबार गरी हप्तामा दुई पटक उडान सञ्चालन हुनेछ । पुनः सुरु हुन लागेको यस रुटमा एकतर्फी टिकटको भाडा करिब ९ सय ११ अमेरिकी डलर (झण्डै १ लाख ४० हजार रुपैयाँ) तोकिएको उल्लेख छ ।

काठमाडौँसँग हवाई सम्पर्क पुनः स्थापित हुने यस निर्णयले लामो समयदेखि रोकिएको सेवा पुनः सुरु हुने अपेक्षा गरिएको छ। यस रुटमा पहिले कुवेत एयरवेजसँगै जजिरा एयरवेजले पनि नियमित उडान गर्दै आएका थिए । तर पछिल्लो क्षेत्रीय परिस्थितिका कारण हवाई सेवा प्रभावित हुँदा कुवेतसँगको सीधा उडान सम्पर्क अवरुद्ध भएको थियो ।

ताजा खबर

सम्बन्धित खबर