२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

राजीव जैनद्वारा ‘मेरा पिक’को सफल आरोहण

Nada
२०८३ जेठ ३ गते २१:३०
Shares
राजीव जैनद्वारा ‘मेरा पिक’को सफल आरोहण

काठमाडौं : एसएस ग्रुपअफ कम्पनीका प्रबन्ध निर्देशक राजीव जैनले नेपालको महालंगुर हिमशृंखलामा अवस्थित प्रसिद्ध हिमाल ‘मेरा पिक’ (६,४७६ मिटर) सफलत आरोहण गरेका छन् । उनले यस वर्षको हिमालयात्रा गत वैशाखदेखि काठमाडौंबाट लुक्लातर्फ सुरु गरेका थिए । त्यसपछि हिमालीबस्ती, दुर्गम पदमार्ग, हिमनदी र उच्चहिमाली भूभाग पार गर्दै वैशाख ११को बिहान ६ः४५ बजे मेरा पिकको शिखर पुगेका थिए । 

ncell

एभरेस्ट क्षेत्रको महालंगुर हिमशृंखलामा पर्ने मेरा पिक विश्वका चर्चित ट्रेकिङ शिखरमध्ये एक हो । यहाँबाट सगरमाथा, ल्होत्से, मकालु र छोओयु हिमालको दृश्य अवलोकन गर्न सकिन्छ । राजीव जैनले यो आरोहण अनुभवी पर्वतीय मार्गदर्शक तथा ‘लामावाक्स’का राजेश लामाको नेतृत्व सफल आरोहण गरेका थिए । हिमाली पदयात्रा तथा पर्वतारोहण क्षेत्रमा लामो अनुभव हासिल गरेकोमा नेपालका विभिन्न हिमाली रुटमा साहसिक अभियान सञ्चालन गर्दै आएका छन् ।

ताजा खबर

सम्बन्धित खबर