२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सांसदहरूलाई तत्काल उपलब्ध गराइयोस् : सांसद केसी

Nada
२०८३ जेठ ४ गते १२:४७
Shares
जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सांसदहरूलाई तत्काल उपलब्ध गराइयोस् : सांसद केसी

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् ।

ncell

सोमबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले सो आयोगको प्रतिवेदन अझै औपचारिक रुपमा सरकारले सार्वजनिक नगरेकोमा आपत्ति जनाएका हुन् । उनले सो प्रतिवेदन सबै सांसदहरुलाई उपलब्ध गराउन पनि सरकारलाई सचेत गराए ।

नेता केसीले भने, ‘भदौ २३ र २४ को नरसंहार र विध्वंशको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुभ आयोगको प्रतिवेदन बुझाइसकिएको छ । तर उक्त दस्तावेज अझै औपचारिक रूपमा सार्वजनिक गरिएको छैन । तसर्थ त्यसलाई तत्काल सार्वजनिक गर्दै माननीय सदस्यहरूलाई उपलब्ध गराइयोस् भन्ने माग गर्दछु ।’

उक्त आयोगको प्रतिवेदन कार्यान्वयनमा नआएकोमा पनि उनको आपत्ति छ । नेता केसीले सरकारले त्यस्ता आयोगहरुको प्रतिवेदन सार्वजनिक गर्ने कुरामा ढिलाइ गर्न नहुने बताए ।

ताजा खबर

सम्बन्धित खबर