
काठमाडौं : प्रतिपक्षी दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवराज दुलालले सरकारलाई संसद्प्रति जवाफदेही बन्न आग्रह गरेका छन् । सोमबार प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३ माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले उक्त आग्रह गरेका हुन् ।
प्रमुख सचेतक दुलालले संसदीय व्यवस्थालाई जनताको समस्या समाधान गर्ने थलोको रुपमा स्थापित हुने गरी नियमावलीमा व्यवस्था गर्नुपर्नेमा पनि जोड दिए । उनले विश्वका विभिन्न मुलुकमा संसदीय व्यवस्थामाथि आलोचना हुने गरेको उल्लेख गर्दै नेपालको संसद् भने त्यो आलोचनाबाट मुक्त हुनेगरी सञ्चालन गर्न आवश्यक रहेको बताए ।
प्रमुख सचेतक दुलालले प्रधानमन्त्री र मन्त्रीहरुलाई संसदप्रति जवाफदेही बनाउने विषयमा पनि आवश्यक व्यवस्था गर्नुपर्ने आवश्यक्ता औंल्याए ।