
नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नविकरण गर्ने निर्णय गरेको छ ।
पार्टीमा अध्यक्ष केपी शर्मा ओलीको विकल्पको खोजी भइरहेका बेला सोमबार बसेको सचिवालय बैठकले भण्डारीको सदस्यता नविकरण गर्ने निर्णय गरेको हो । गत साता अध्यक्ष ओली र भण्डारीबीच दुई घण्टा लामो छलफल भएको थियो । आइतबार मदन–आश्रित स्मृति दिवसमा पनि एमालेले भण्डारीलाई मुख्य अतिथी बनाएको थियो ।
भण्डारीको पार्टी सदस्यता नविकरणलाई अर्थपूर्ण रुपमा लिइएको छ ।