
काठमाडौं : प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माविरुद्ध १६ वटा उजुरी परेको छ । गत वैशाख २६ गते बसेको संसदीय सुनुवाइ समितिको बैठकले शर्माविरूद्ध उजुरी आह्वान गरेको थियो ।
शर्माविरुद्धका उजुरीहरू मंगलबार खोल्ने तयारी गरिएको छ । समितिले उजुरी खोलेलगत्तै उजुरीकर्तासँग छलफल गर्नेछ ।
संवैधानिक परिषद्को बहुमतले वैशाख २४ गते सर्वोच्च अदालतको प्रधानन्यायधीशमा शर्मालाई सिफारिस गर्ने निर्णय गरेको थियो ।