२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

प्रस्तावित प्रधानन्यायाधीश शर्माको संसदीय सुनुवाइ भोलि नै

Nada
२०८३ जेठ ४ गते २०:०६
Shares
प्रस्तावित प्रधानन्यायाधीश शर्माको संसदीय सुनुवाइ भोलि नै

काठमाडौं : प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माको संसदीय सुनुवाइ भोलि मंगलबार नै हुने भएको छ । 

ncell

संसदीय सुनुवाइ समितिले शर्माविरुद्धका उजुरीहरू मंगलबार खोलेर उजुरीकर्तासँग छलफल गर्ने र मंगलबार नै संसदीय सुनुवाइ गर्ने तयारी गरेको हो ।

समितिका सभापति बोधनारायण श्रेष्ठले मंगलबार दिनभरमा सुनुवाइ सकिनेगरी तयारी थालिएको मध्यान्हलाई जानकारी दिए ।

शर्माविरुद्ध १६ वटा उजुरी परेको छ । गत वैशाख २६ गते बसेको संसदीय सुनुवाइ समितिको बैठकले  शर्माविरूद्ध उजुरी आह्वान गरेको थियो ।

संवैधानिक परिषद्को बहुमतले वैशाख २४ गते सर्वोच्च अदालतको प्रधानन्यायधीशमा शर्मालाई सिफारिस गर्ने निर्णय गरेको थियो ।

ताजा खबर

सम्बन्धित खबर