२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

प्रस्तावित प्रधानन्यायाधीशको कार्ययोजना– पुराना मुद्दा छिटो टुंग्याउने

Nada
२०८३ जेठ ५ गते ११:३६
Shares
प्रस्तावित प्रधानन्यायाधीशको कार्ययोजना– पुराना मुद्दा छिटो टुंग्याउने

संबैधानिक परिषद्द्वारा प्रधानन्यायाधीशमा सिफारिस न्यायाधीश डा. मनोजकुमार शर्माले संसदीय सुनुवाई समितिसमक्ष कार्ययोजना प्रस्तुत गर्दै न्यायपालिकामा लामो समयदेखि रोकिएका मुद्दाहरुलाई छिटोछरितो रुपमा टुंग्याउने बताएका छन् । 

ncell

पुराना मुद्दा फस्यौंटलाई प्राथमिकतामा राखेको उनले बताए । शर्माले गत भदौ २४ को आगजनीमा सर्वोच्चलगायत देशभरका अदालतमा क्षति हुँदा मुद्दा प्रवाह व्यवस्थापनमा अहिलेसम्म समस्या रहेको उल्लेख गर्दै उनले भनेका छन्, ‘बक्यौता मुद्दा न्यूनीकरण गरी रणनीतिक योजनाले निर्दिष्ट गरेबमोजिम अवधिगत रुपमा मुद्दाको फछर्यौट हुने स्थितिको सुनिश्चितता गर्नुपर्ने हुन्छ ।’ 

कार्यविधिगत सरलीकरण, अधिकारक्षेत्र पुनरावलोकन, मुद्दा प्रवाह, पेशी र बहस व्यवस्थापन, सूचना प्रविधिको अधिकतम् प्रयोग गरेर मुद्दाको संख्या व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरे । 
 

ताजा खबर

सम्बन्धित खबर