२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

सरकारले गरिब भगाउने नीति लिएको भन्दै सांसदहरूको आक्रोश

Nada
२०८३ जेठ ५ गते ११:५५
Shares
सरकारले गरिब भगाउने नीति लिएको भन्दै सांसदहरूको आक्रोश

काठमाडौं : प्रतिनिधिसभाका सांसदहरूले गरिब भगाउने नीति लिएको भन्दै सरकारको आलोचना गरेका छन् । 

ncell

सांसदहरू विष्णुमाया विक, शम्भुप्रसाद ढकाल, नीति घतानीलगायतले मंगलवार बसेको प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोल्दै सरकारले कमजोर र पछाडि पारिएका नागरिकविरुद्ध नै डोजर लगायतका आतंक फैल्याएको भन्दै आपत्ति जनाएका हुन् ।

सांसद विकले सरकारले गरिवको बस्तीमा डोजर आतंक फैल्याएर शतप्रतिशत गलत गरेको आरोप लगाइन् । उनले सरकारले सुकुम्बासीहरूलाई तत्काल सान्त्वना दिने गरी सम्बोधन गर्नुपर्ने माग समेत गरिन् । 

सांसद शम्भुप्रसाद ढकालले देशमा आत्माहत्याको घटना बढिरहेकोमा चिन्ता व्यक्त गर्दै पीडितलाई न्याय हुने गरी अनुसन्धानको कामलाई अघि बढाउन सरकारलाई सचेत गराए । उनले दोषीलाई दण्डित गर्ने र पीडितलाई न्याय दिने गरी सरकारले त्यस्ता घटनाको अनुसन्धानको विषयलाई संम्वेदनशील रुपमा लिनुपर्ने समेत स्मरण गराए । 

सांसद घतानीले दलित समुदायमाथि हुने विभेद अन्त्य हुने गरी आवश्यक कदम चाल्न सरकारलाई सचेत गराइन् । देशका विभिन्न भागमा दलितमाथि अन्याय हुने काम भईरहेको उल्लेख गर्दै त्यस्ता घटना हुन नदिन पनि सरकारले विशेष अभियान नै संचालन गर्न आवश्यक रहेको उनले बताइन् ।

सांसद घतानीले समाजमा दलित समूदायमाथि हुने विभेदको अन्त्य गर्न सरकारले विशेष निगरानी गर्न आवश्यक रहेको पनि बताइन् ।

ताजा खबर

सम्बन्धित खबर