२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

विनियोजन विधेयकमा सत्तारुढ सांसद सिंहकै आपत्ति, मधेश शब्द पनि उच्चारण नभएको जिकिर

Nada
२०८३ जेठ ५ गते १४:२२
Shares
विनियोजन विधेयकमा सत्तारुढ सांसद सिंहकै आपत्ति, मधेश शब्द पनि उच्चारण नभएको जिकिर

काठमाडौं : सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. अमरेशकुमार सिंहले सरकारले संसदमा ल्याएको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताको विरोध गरेका छन् । 

ncell

मधेशका लागि सो विधेयकमा कुनै पनि शब्द समेत उल्लेख नगरिएको जिकिर गर्दै उनले विरोध गरेका हुन् । मंगलबार प्रतिनिधिसभा बैठकमा सो विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद सिंहले राणा कालदेखि बन्न शुरु गरेको हुलाकी राजमार्ग सम्पन्न गर्नुपर्नेमा सरकारले कुनै शब्द समेत उच्चारण नगरेको भन्दै आक्रोश व्यक्त गरे ।

त्यस अवसरमा उनले मधेशले सबैभन्दा बढी मत दिएपनि सरकारले सो क्षेत्रको उपेक्षा गरेको भन्दै आपत्ति जनाए । सांसद सिंहले मधेश विष्फोटको अवस्थामा रहेको भन्दै सो भन्दा अघि नै उपचारको व्यवस्था गर्न पनि सरकारलाई सचेत गराए ।

सांसद सिंहले सरकारले मधेश प्रदेशको विकासका लागि विशेष खालको प्याकेज कार्यक्रम ल्याउनुपर्ने अवस्था रहेको पनि बताए ।

ताजा खबर

सम्बन्धित खबर