२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

प्रधानन्यायाधीश नियुक्ति प्रकरण इतिहासमै विवादित : सांसद अर्याल

Nada
२०८३ जेठ ५ गते १५:०३
Shares
प्रधानन्यायाधीश नियुक्ति प्रकरण इतिहासमै विवादित : सांसद अर्याल

काठमाडौं : नेकपा एमालेकी सांसद पद्मा अर्यालले प्रधानन्यायाधीशको नियुक्ति प्रक्रियामा वरिष्ठता र योग्यताको स्थापित सिद्धान्त मिचिएको भन्दै प्रश्न उठाएकी छन् ।

ncell

मंगलबार संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको सुनुवाइका क्रममा धारणा राख्दै उनले यस पटकको प्रधानन्यायाधीश नियुक्ति प्रकरण इतिहासमै विवादित बनेको टिप्पणी गरिन् । प्रस्तावित प्रधानन्यायाधीश शर्माले प्रस्तुत गरेको कार्ययोजना र प्रतिबद्धतामाथि केन्द्रित हुँदै सांसद अर्यालले चारवटा मुख्य बुँदामा स्पष्टीकरण माग गरेकी छन् ।

उनले वरीयता क्रममा चौथो नम्बरमा रहेका न्यायाधीशलाई प्रधानन्यायाधीशमा सिफारिस गरिनुले न्याय क्षेत्रमा गलत नजिर बस्ने आशंका व्यक्त गरिन् । उनले अन्य तीन वरिष्ठ न्यायाधीशहरू भन्दा डा. शर्मामा कुन विशेष योग्यता र विशेषता छ भन्दै त्यसलाई पुष्टि गर्न चुनौती समेत दिइन् । न्याय र कानुनको विकासमा अरूभन्दा उत्कृष्ट योगदान पुर्‍याएको आधार के हो भनी उनले स्पष्टीकरण माग गरिन् । कार्यपालिकाले न्यायपालिकामा हस्तक्षेप गर्न खोजेको उनले आरोप लगाइन् ।

सांसद अर्यालले न्यायमा पहुँचको विषयलाई लिएर पनि डा. शर्माको विगतको कार्यक्षमतामाथि प्रश्न उठाइन् । लामो समय ‘न्यायमा पहुँच आयोग’ को नेतृत्व सम्हाल्दा पनि नतिजा कमजोर रहेको उल्लेख गर्दै उनले अबको ६ वर्षे कार्यकालमा अदालतलाई सर्वसाधारणका लागि सुलभ र सस्तो बनाउने ठोस आधार के छ भनी जिज्ञासा राखिन् । प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध परेका उजुरीहरू र बाहिर चर्चामा रहेका विषयहरूलाई आधार मानी आफूले यी प्रश्नहरू उठाएको सांसद अर्यालको भनाइ छ ।

ताजा खबर

सम्बन्धित खबर