२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

नेवारी पहिरनमा कान्स फिल्म फेस्टिभलमा सुनिता डंगोल

Nada
२०८३ जेठ ६ गते १३:३५
Shares
नेवारी पहिरनमा कान्स फिल्म फेस्टिभलमा सुनिता डंगोल

काठमाडौं : कान्स फिल्म फेस्टिभलमा काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनीता डंगोल परम्परागत नेवारी पोसाकमा सहभागी भएकी छन् ।

ncell

डंगोललाई ७९औं कान्स फिल्म फेस्टिभलको रेड कार्पेट समारोहअघि मंगलबार साँझ कान्सका मेयर डेभिड लिसनार्डले सिटी हलमा स्वागत गरेका थिए ।

फ्रान्सको कान्स सहरमा जारी प्रतिष्ठित चलचित्र महोत्सवको रेड कार्पेट समारोहमा नेवारी पहिरनसहित उपस्थित भएपछि नेपाली मौलिक संस्कृति अन्तर्राष्ट्रिय मञ्चमा झल्किएको बताइएको छ । उनको उपस्थितिलाई नेपालको सांस्कृतिक पहिचान र परम्परागत सम्पदालाई विश्वसामु प्रस्तुत गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।

काठमाडौं महानगरपालिकाले यस सहभागितामार्फत काठमाडौंलाई चलचित्र, कला तथा संस्कृतिसँग जोडिएको अन्तर्राष्ट्रिय सहरका रूपमा स्थापित गर्ने प्रयासलाई थप मजबुत बनाएको जनाएको छ ।

महोत्सवका क्रममा विभिन्न देशका प्रतिनिधिहरूसँग भएको भेटघाटले सांस्कृतिक सम्बन्ध विस्तार र अन्तर्राष्ट्रिय सहकार्यमा समेत सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ ।

No description available.

ताजा खबर

सम्बन्धित खबर