२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

बाजुराको रानीसैनमाथि हुम्लाकाे पनि दाबी, कुटपिट र प्रहरी चौकी लुटपाटमा ५ जना घाइते

Nada
२०८३ जेठ ६ गते १४:२९
Shares
बाजुराको रानीसैनमाथि हुम्लाकाे पनि दाबी, कुटपिट र प्रहरी चौकी लुटपाटमा ५ जना घाइते

काठमाडौं : बाजुरा र हुम्लाको सीमा विवाद कुटपिट र प्रहरी चौकी लुटपाटसम्म पुगेको छ । बाजुराले आफ्नो भूभाग भन्दै आएको रानीसैनमाथि हुम्लाले पनि दाबी गर्दै आएको छ । सो क्षेत्रमा पर्यटक र स्थानीयको सुरक्षाका लागि प्रहरी चौकी राखेपछि विवाद उत्पन्न भएको छ । 

ncell

हुम्लाबाट आएको एउटा समूहले बाजुराको हिमाली गाउँपालिका– ३ लाम्पाटाका वडासदस्य पेमागरा गुरुङको घरमा पसेर रानिसैन जाने पर्यटक र स्थानीयमाथि कुटपिट, तोडफोड तथा लुटपाट गरेको छ । लाम्पाटा गाउँका बासिन्दा घरमा बस्न नसकेर विस्थापित हुनुपरेको स्थानीयको गुनासो छ । 

रानीसैन जान लागेका धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल, हिमाली गाउँपालिका अध्यक्ष गोविन्द मल्लसहितको टोलीलाई अगाडि बढ्न नदिएर रोकिएको छ । हुम्ला र बाजुराका बासिन्दाबीचको झडपमा ५ जना घाइते भएका छन् । 

यो क्षेत्र तस्करको अखडा बनेको गुनासोपछि प्रहरी चौकी स्थापना गर्न लागिएको हो । त्यसैमा बाधा पुर्‍याएको आरोप स्थानीयको छ । हुम्लाको खार्पुनाथ गाउँपालिका २ थाली गाउँबाट आएका व्यक्तिहरुको आक्रमणमा बाजुरा हिमाली गाउँपालिका २ का वडा सदस्य पेमा गारा गुरुङको ढाड र गर्धनमा चोट लागेको छ । उनकी श्रीमती लक्ष्मीलाई पनि गर्धनमा चोट लागेको छ । अर्का मिनु कुँवर पनि घाइते भएका छन् । 

प्रहरी चौकीमाथि आक्रमण र सामान लगिएको छ । त्यस क्रममा प्रहरी चौकी विच्छियामा कार्यरत सहायक हवल्दार महेश धामी ढाड र गर्धनमा चोट लागेर घाइते भएका छन् । त्यस्तै, हिमाली गाउँपालिकाका कार्यकारी प्रमुख कुलबहादुर थापा पनि घाइते छन् ।

ताजा खबर

सम्बन्धित खबर