२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

काफल बिक्री गरिरहेकी महिलामाथि दुर्व्यवहार गर्ने नगर प्रहरीलाई कारबाही गरिने

आवश्यक राहत तथा उचित क्षतिपूर्ति उपलब्ध गराइने

Nada
२०८३ जेठ ६ गते १६:४१
Shares
काफल बिक्री गरिरहेकी महिलामाथि दुर्व्यवहार गर्ने नगर प्रहरीलाई कारबाही गरिने

काठमाडौँ : सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले सिटी बसपार्क क्षेत्रमा काफल बिक्री गरिरहेकी एक महिलामाथि नगर प्रहरीले गरेको दुर्व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

ncell

नगरपालिकाले दिएको जानकारी अनुसार मिति २०८३ जेष्ठ ५ गते साँझ नगर प्रहरीद्वारा वीरेन्द्रनगर–६ स्थित सिटी बसपार्क क्षेत्रमा काफल बिक्री गरिरहेकी एक महिलामाथि भएको व्यवहार अस्वाभाविक र आपत्तिजनक देखिएको छ।

घटनापछि नगरपालिकाले सम्बन्धित नगर प्रहरी कर्मचारीमाथि विभागीय कारबाही गर्ने निर्णय गरेको छ। साथै, पीडित महिलालाई आवश्यक राहत तथा उचित क्षतिपूर्ति उपलब्ध गराइने पनि नगरपालिकाले स्पष्ट पारेको छ।

नगरपालिकाले सार्वजनिक स्थान व्यवस्थापन कार्य गर्दा मानवीय संवेदनशीलता, मर्यादा र सामाजिक न्यायलाई प्राथमिकतामा राखिने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।
 

ताजा खबर

सम्बन्धित खबर