२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

नेपालगन्जमा अनियमित विद्युत् कटौती रोक्न सांसद राईद्वारा सरकारको ध्यानाकर्षण

Nada
२०८३ जेठ ७ गते १३:०४
Shares
नेपालगन्जमा अनियमित विद्युत् कटौती रोक्न सांसद राईद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं : नेकपा एमालेका सांसद मोहम्मद इस्तियाक राईले बाँकेको नेपालगन्जमा व्याप्त विद्युत् समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

ncell

प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद राईले नेपालकै बढी गर्मी हुने सहरमध्येको एक नेपालगन्जमा अनियमित विद्युत् कटौती र ‘लो भोल्टेज’का कारण सर्वसाधारणको जनजीवन अत्यन्तै कष्टकर बनेको बताए ।

अत्यधिक गर्मीको समयमा विद्युत् सेवा भरपर्दो नहुँदा नागरिकको दैनिक जीवनयापन र बसाइ कठिन भएको उल्लेख गर्दै उनले यस विषयमा सरकार गम्भीर हुनुपर्नेमा जोड दिए ।

सभामुखमार्फत सरकारको विशेष ध्यानाकर्षण गराउँदै सांसद राईले बाँकेलगायतका गर्मी क्षेत्रमा देखिएको विद्युत्को प्राविधिक समस्या तत्काल समाधान गरी आपूर्ति सहज बनाउन माग गरे ।

उनले बढ्दो तापक्रमका बीच विद्युत सेवामा देखिएको अवरोधले स्वास्थ्य र व्यावसायिक क्षेत्रमा समेत असर पुगेको भन्दै यसतर्फ सरकारको तत्काल कदम आवश्यक रहेको बताए ।

ताजा खबर

सम्बन्धित खबर