२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

कृषि मन्त्री चौधरीसँग विश्व बैंकका व्यवस्थापक विल्लमरको भेटवार्ता

Nada
२०८३ जेठ ८ गते १३:५०
Shares
कृषि मन्त्री चौधरीसँग विश्व बैंकका व्यवस्थापक विल्लमरको भेटवार्ता

काठमाडौँ : कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीसँग विश्व बैंकका दक्षिण एसिया व्यवस्थापक टोमस रिकार्डो रोसदा विल्लमरसहित पदाधिकारीले मन्त्रालयमा शिष्टाचार भेटवार्ता गरेका छन् । 

ncell

भेटर्वाताका क्रममा कृषिको संस्थागत सुधार, भूमि तथा जलाधार व्यवस्थापन, पशुधन तथा पहाडी कृषि वस्तुको निर्यात प्रवर्द्धन, पशु रोग नियन्त्रण तथा कृषि क्षेत्रको ‘डिजिटाइजेसन’लगायत विषयमा छलफल भएको मन्त्री चौधरीको सचिवालयले जनाएको छ । 

नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना (एनएलएसआइपी) र ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना (रिड) परियोजनाको उपलब्धि तथा फनसेप/रानीजमरा कुलरिया परियोजनाको प्रगतिबारे पनि छलफल भएको हो ।

युवालाई कृषिमा आकर्षित गर्ने, रोजगारी सिर्जना, किसान सूचीकरण तथा कृषि क्षेत्रमा नवप्रवर्तन प्रवर्द्धन गर्ने विषयमा पनि मन्त्री चौधरीले विशेष जोड दिइन् । विश्व बजार सुनिश्चित गर्न रोगमुक्त अवस्थाको आवश्यकता औँल्याउँदै मन्त्रालयबाट विश्व बैंकमा प्रेषित पशु स्वास्थ्य प्रणाली रूपान्तरण परियोजनाबारे पनि उनले ध्यानाकर्षण गराइन् । साथै ‘एग्री कनेक्ट’ कार्यक्रम नेपालमा कार्यान्वयन गर्ने विषयमा पनि छलफल भएको कृषि, वन तथा पर्यावरण मन्त्री चौधरीको सचिवालयले जनाएको छ ।

 विश्व बैंकले रासायनिक मलका सम्बन्धमा अध्ययन तथा ‘एग्री कनेक्ट’ कार्यक्रममा सहयोग गर्न सकारात्मक प्रतिबद्धता जनाएको मन्त्री चौधरीको सचिवालयले जानकारी दिएको छ ।

ताजा खबर

सम्बन्धित खबर