२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

बागमती प्रदेश सभाको वर्षे अधिवेशन आह्वान

Nada
२०८३ जेठ ८ गते १४:४५
Shares
बागमती प्रदेश सभाको वर्षे अधिवेशन आह्वान

काठमाडौँ : बागमती प्रदेश सभाको वर्षे अधिवेशन यही जेठ ११ गतेका लागि आह्वान गरिएको छ ।

ncell

बागमती प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशसभाको वर्षे अधिवेशन जेठ ११ गते दिउँसो १:०० बजेका लागि आह्वान गरेका हुन् ।

प्रदेश प्रमुखको कार्यालयले आज जारी गरेको सूचना अनुसार प्रदेश प्रमुखले संविधानको धारा १८३ को उपदफा (१) बमोजिम प्रदेशसभाको वर्षे अधिवेशन आह्वान गरेको उल्लेख छ ।

बागमती प्रदेश सरकार मन्त्री परिषद्को बिहीबार बसेको बैठकले प्रदेश सभाको वर्षे अधिवेशन जेठ ११ गते दिउँसो १:०० बजेका लागि आह्वान गर्ने निर्णय गरेको थियो । उक्त अधिवेशन आगामी आर्थिक वर्ष २०८३र८४ को नीति तथा कार्यक्रम र बजेटमा केन्द्रित रहने छ । 
 

ताजा खबर

सम्बन्धित खबर